
काठमाडौं । मुगुमा नेपाली सेनाको बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु भएको छ ।
आइतबार साँझ करिब ७ बजे छाँयानाथ रारा नगरपालिका–७ स्थित आलादुना खोलाको मोडमा ना. १ झ १०३९ नम्बरको जिप दुर्घटना भएको थियो ।
दुर्घटनामा बैतडीको पाटन–४ बगाडी स्थायी ठेगाना भइ हनुमान ध्वज गुल्ममा अमलदार चालकका रुपमा कार्यरत हरिसिंह ऐडी गम्भीर घाइते भएका थिए ।
ऐडीलाई उद्धार गरेर उपचारका लागि राति १० बजे नै मुगु अस्पताल लगिएको थियो । तर, उपचारको क्रममा आज बिहान साढे १ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी रबिराज थपलियाले जानकारी दिए ।
उनका अनुसार हनुमान ध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सेनाको सामान पुर्याउन गएको बोलेरो जिप फर्किने क्रममा सडकदेखि २ सय मिटर तल खसेको थियो ।
यद्यपी दुर्घटनाको कारण खुल्न नसकेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












