लिवाङमा प्रभु बैंकको शाखा कार्यालय सञ्चालन « Drishti News – Nepalese News Portal
Logo

लिवाङमा प्रभु बैंकको शाखा कार्यालय सञ्चालन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा २०७७ कात्तिक ३ गतेदेखि रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं ४ स्थित लिवाङमा २१०औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको लिवाङ शाखा कार्यालयको समुद्घाटन रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गरेका थिए ।

बैंकको लिवाङमा शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथी केसीले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहजरुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।

बैंकको लिवाङमा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुनेभएकाले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फार्म, कम्पनी तथा संघसंस्थाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा लिवाङ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्