Logo
Logo

गगनसहितका पदाधिकारी निर्वाचन आयोगमा


378
Shares

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कांग्रेसको पहिलो बैठकका निर्णय र पार्टी विवरण अद्यावधिक गर्नका लागि नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

सहमहामन्त्री डिला संग्रौलाका अनुसार आज बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णय र विवरण अध्यावधिकका लागि सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरू आयोग पुगेका हुन् । 

‘केन्द्रीय समिति बैठकले पार्टीको सबै विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आज निर्वाचन आयोगलाई विवरण बुझाउन र जानकारी गराउन लागिएको हो । 

बुधवार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कार्यसमिति चयन भएको छ । उता शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले भने पार्टीको कुनै विशेष महाधिवेशन नभएको भन्दै आयोगलाई नै पत्र पठाइसकेको छ ।

देउवा नेतृत्वको कांग्रेसले पत्र पठाउनुभन्दा पहिले नै विशेष महाधिवेशन पक्षधरले आयोगमा विशेष महाधिवेशन भइरहेको बेहोराको पत्र पठाइसकेका थिए । अहिले कांग्रेसमा आधिकारिकताको विवाद बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्