Logo
Logo

जेनजी विद्रोहबाट अर्थहीन निर्वाचन मात्रै पायौँ : मिराज ढुङ्गाना


126
Shares

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुङ्गानाले जेनजी विद्रोहबाट देशले निर्वाचन मात्रै पाएको बताएका छन् । बिहीबार माइतीघर मण्डलमा भएको प्रदर्शनका क्रममा ढुङ्गानाले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको उपलब्धि निर्वाचन भएको टिप्पणी गरेका हुन् । 

उनले भने, ‘यत्रो विद्रोहबाट हामीले अर्थहीन निर्वाचन पाएका छौँ । यसले के फेरबदल ल्याउँछ, हाम्रो देशको स्थितिमारु निकास पाउन गाह्रो छ ।’ 

अहिले नयाँ भन्नेहरूले पनि संविधान उत्कृष्ट रहेको प्रतिक्रिया दिइरहेकोप्रति उनले आपत्ति जनाए । उनले भने, ‘अहिले आएका केही नयाँ पात्रहरू पहिला संविधान मान्य छैन भन्नुहुन्थ्यो, अहिले निर्वाचन नजिकिँदै गर्दा आफ्नो स्वार्थका लागि संविधान एकदम उत्कृष्ट छ भन्नुहुन्छ । उहाँहरूको शब्द फेरिएको छ तर हाम्रो शब्द पहिलाकै हो ।’

निर्वाचनको मात्रै रट लगाएर युवाका भावना नजरअन्दाज गरिएको उनको आरोप थियो । ‘पात्र मात्र गलत होइनन्, यो सिस्टम पनि गलत छ । निर्वाचनको रट लगाउने शृङ्खला चलिरहेको छ । यसलाई नजरअन्दाज गरेर अर्थहिन निर्वाचनतिर धकेलिरहेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्