Logo
Logo

गीत संगीतमा रमझम, फिल्मी क्षेत्र फिक्का


- एमपी सुब्बा


  • एमपी सुब्बा

करिब ८ महिनादेखि रंगीन दुनियाँ भनेर चिनिएको फिल्म क्षेत्र फिक्का बनेको छ । तर, गीतसंगीत क्षेत्रका कलाकारलाई भ्याइनभ्याई नै छ । दैनिक म्युजिक भिडियो सार्वजनिक भइरहेका छन् । रेकर्डिङ स्टुडियोहरुमा गीत रेकर्ड भइरहेकै छन् । अहिलेमात्रै होइन, देशभर लकडाउन जारी हुँदासमेत गीतसंगीतको काम रोकिएको छैन । तर, फिल्म क्षेत्र भने अझै खुल्न सकेको छैन । कहिले खुल्छ भन्ने समेत निश्चित छैन । देशभर कोरोना संक्रमण बढ्नेक्रम जारी छ, त्यसैले पुनः लकडाउन गर्ने अवस्था समेत आउन सक्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोनाबाट बच्न मान्छे–मान्छेबीच दूरी कायम राख्नु अनिवार्य हुन्छ । जति भीड, उति धेरै संक्रमणको सम्भावना हुन्छ । सरकारले यही स्वास्थ्य मापदण्ड पालना गर्दै आएको लकडाउन सुरु गरेको हो । फिल्मको प्रकृति नै मान्छे जम्मा हुनैपर्ने, चाहे सुटिङ गर्न होस् वा फिल्म चलाउन नै । यही कारण फिल्म अन्य व्यवसायभन्दा छिट्टै बन्द भयो र अरु खुलेपनि फिल्म क्षेत्र अझै बन्द छ । कोरोना संक्रमणले सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पनि फिल्म नै हो । नेपालमा मात्र होइन, हलिउड र बलिउडमा समेत झण्डै ६ महिना फिल्मी गतिविधि ठप्प भयो । जतिखेर डिप्रेशनमा परेर बलिउडमा आधा दर्जनभन्दा कलाकारले आत्महत्या नै गरे । अहिले भारत सरकारले स्वास्थ्य मापदण्ड अपनाएर फिल्म छायाँकन अनुमति दिएको छ । तर, फिल्म हलहरु अझै खुलिसकेका छैनन् । हलिउडको अवस्था पनि उस्तै छ ।

देशमा कोरोना संक्रमण देखिएसँगै सरकारले गत ११ चैतदेखि देशभर लकडाउन घोषणा गरेको थियो । तर, फिल्म क्षेत्र भने लकडाउन हुन एक साताअघिबाटै बन्द छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले भीड गर्न प्रतिबन्ध गरेसँगै फिल्मी गतिविधि पनि ठप्प भएको हो । गत चैत ६ गतेदेखि सिनेमा हल बन्द छन् भने, त्यससँगै फिल्म छायाँकन पनि ठप्प छ । तर, गीतसंगीतको काम भने खाशै राकिएको छैन ।

संगीतकर्मीले देशभर कडा लकडाउन जारी हुँदासमेत तीज गीतका भिडियो छ्याप्तछ्याप्ती ल्याए । त्यो भिडियो कसरी बन्यो ? त्यस्तै, उनीहरुले दशैँ र तिहारसम्बन्धी गीतहरु पनि निर्धक ल्याइरहेका छन् । तर, सरकारले फिल्म छायाँकन गर्दा भीडभाड हुने भन्दै अझै रोक लगाएको छ । त, म्युजिक भिडियो छायाँकन भने धमाधम भइरहेको छ जबकि, भिडियो छायाँकनमा समेत १५ जनाभन्दा धेरै मानिस हुन्छन् । जसमा कलाकार, प्राविधिकलगायतका हुन्छन् । तर, यसतर्फ सरकारले ध्यान दिएको पाइँदैन ।

हिजोआज दशैँ–तिहारका गीतहरु धमाधम सार्वजनिक भइरहेका छन् । गीत रिलिज भइरहँदा केही फिल्मकर्मीले आफ्नो फिल्मको रिलिज मिति समेत तोक्न थालेका छन् । तर, फिल्म कहिले चल्छ ? सुटिङ कहिलेदेखि सुरु हुन्छ ? जवाफ न फिल्मीकर्मीसँग छ, न त सम्बन्धी निकायलाई नै । फिल्म क्षेत्रको सम्बन्धीत निकाय भनेको चलचित्र विकास बोर्ड हो । बोर्ड भन्छ, ‘खुलाउने प्रयास हुँदैछ । अब चाँडै खुल्न सक्छ ।’ तर, ठ्याक्कै जवाफ बोर्डसँग हुँदैन, किनकि मन्त्रिपरिषद्बाटै फिल्म क्षेत्र बन्द गर्ने निर्णय गरिएकाले खलाउन पनि मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्छ ।

सरकारले सार्वजनिक यातायात र अन्य व्यवसायीमा खुकुलो बनाएसँगै काठमाडौं उपत्यका कोरोनाको ‘हट स्पट’ बन्दै गएको छ । लकडाउन खुकुलो भएसँगै केही व्यवसायी क्षेत्र भने खुलिसकेका छन् । असोज १ गतेबाट लामो–छोटो दूरीको सार्वजनिक यातायात, हवाइसेवा, होटल–कलकारखाना प्रायः सबै व्यवसाय खुलेका छन् । तर, फिल्म क्षेत्र भने अझै ठप्पै छ । फिल्म क्षेत्र ठप्प हुँदा हलवाला र निर्मातालाई भन्दा प्राविधिकहरुलाई पीडा छ  ।

नेपाली फिल्म क्षेत्रमा काम गर्ने प्राविधिकहरुको छाता संगठन नेपाल चलचित्र प्राविधिक संघका अनुसार फिल्म क्षेत्रमा करिब ३ हजार ५ सय प्राविधिकले प्रत्यक्ष रोजगारी पाएका थिए । यसमा स्पटब्वाई, लाइटम्यान, क्यामेरापर्सनदेखि मेकअप आर्टिस्टसम्म पर्छन् । उनीहरू सबैको रोजीरोटी पूर्णरुपमा गुमेको छ । फिल्म हलको अवस्था पनि उस्तै छ । लकडाउनअगाडि पनि आश गरिएकै नेपाली र विदेशी फिल्मले हलमा दर्शक तान्न सकिरहेका थिएनन् । नयाँ वर्ष लागेसँगै नयाँ उमंग छाउने र हलमा दर्शक भरिभराउ हुने अपेक्षामा रहेका प्रदर्शकहरु कोरोनाका कारण जिल्ल परेका थिए ।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउनले घोषणा गरेपछि फिल्मको व्यापार चौपट भएको छ भने, सयौँ बेरोजगार भएका छन् । तर सरकारले न फिल्मकर्मीका लागि कुनै राहत प्याकेज ल्याएको छ, न त फिल्ममा काम गर्ने प्राविधिक एवं मजदूरका लागि नै । उनीहरु भन्छन्, ‘फिल्म क्षेत्र ठप्प हुँदा लगानी निर्मात्रा भन्दा पनि हामी दैनिक कमाएर खाने प्राविधिकहरु मारमा परेका छौँ ।’ हुन पनि ती प्राविधिकहरुले फिल्ममा स्पटब्वाई गरेवापत दैनिक तीन सयदेखि पाँच सयसम्म ज्याला पाउँदै आएका छन् । उनीहरुले त्यही पैसाले साँझ–विहान हातमुख जोर्ने मेसो गर्दै आएका छन् । तर, फिल्म छायाँकन नै ठप्प भएपछि त्यो पनि गुमेको उनीहरुको दुखेसो छ ।

यता हल सञ्चालकहरुको छाता संगठन नेपाल चलचित्र संघले हल बचाउन राज्यस्तरबाटै पहल चाल्न बारम्बार आग्रह गर्दै आएको छ । देशभरका कुल २ सय ५ पर्दामा ३ हजारभन्दा धेरैले प्रत्यक्ष र नियमित रोजगारी पाइरहेका थिए । हल सञ्चालकलाई बैंकको ऋण, हल भाडा र हलको आधारभूत खर्च जोडजाम गर्न सकस छ भने, त्यहाँ काम गर्ने कर्मचारीलाई परिवार पाल्न धौ–धौ भएको छ  । कोरोना संक्रमणकै कारण कतिपय हल सदाका लागि बन्द हुने अवस्थामा पुगका छन् । करिब आठ महिनादेखि फिल्म क्षेत्र ठप्प हुँदा लेखकदेखि निर्देशक, कलाकारदेखि प्राविधिक, निर्मातादेखि प्रदर्शक, फिल्मका हरेक क्षेत्रमा जोडिएकाहरु भविष्यको चिन्ता मात्र होइन, अहिल्यै टिक्न पनि अप्ठ्यारो भएको गुनासो गर्न थालेका छन् । फिल्म क्षेत्रको रमझम फिक्का भएको छ । फेरि उज्यालामो फर्कने कहिले ? अन्योलमै छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोनाबाट बच्न मान्छे–मान्छेबीच दूरी कायम राख्नु अनिवार्य हुन्छ । जति भीड, उति धेरै संक्रमणको सम्भावना हुन्छ । सरकारले यही स्वास्थ्य मापदण्ड पालना गर्दै आएको लकडाउन सुरु गरेको हो । फिल्मको प्रकृति नै मान्छे जम्मा हुनैपर्ने, चाहे सुटिङ गर्न होस् वा फिल्म चलाउन नै । यही कारण फिल्म अन्य व्यवसायभन्दा छिट्टै बन्द भयो र अरु खुलेपनि फिल्म क्षेत्र अझै बन्द छ । कोरोना संक्रमणले सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पनि फिल्म नै हो । नेपालमा मात्र होइन, हलिउड र बलिउडमा समेत झण्डै ६ महिना फिल्मी गतिविधि ठप्प भयो । जतिखेर डिप्रेशनमा परेर बलिउडमा आधा दर्जनभन्दा कलाकारले आत्महत्या नै गरे । अहिले भारत सरकारले स्वास्थ्य मापदण्ड अपनाएर फिल्म छायाँकन अनुमति दिएको छ । तर, फिल्म हलहरु अझै खुलिसकेका छैनन् । हलिउडको अवस्था पनि उस्तै छ । फिल्म छायाँकन गरिएपनि रिलिज गर्नुको कुनै तुक नभएको उनीहरुले बताएका छन् । दर्शकलाई अझै कोरोना संक्रमणको त्रास छ । कोरोना संक्रमणबाट अति प्रभावित अमेरिका र भारतका अझै संक्रमण बढिरहेको छ । त्यसैले हल खुलेपनि दर्शक हलसम्म गएर फिल्म हेर्न त्रसित छन् । अहिले पनि विश्वका दर्जन बढी देशमा लकडाउन जारी छ । लकडाउन खुकुलो पारिएको मुलुकमा कोरोना संक्रमित थपिँदैछन् । नेपालमा पनि लकडाउन खुकुलो पारिएयता संक्रमणले भयावह रुप लिएको हो । यो घडिमा सरकारले फिल्म छायाँकन र हल खुला गर्न अनुमति दिएपनि दर्शक पाउने अवस्था छैन । त्यसैले सरकारले यसका लागि विशेष प्याकेज ल्याउन आवश्यक छ । फिल्मकर्मीले सरकारसँग अपेक्षा गरेको यति नै हो ।

प्रतिक्रिया दिनुहोस्