Logo
Logo

कोरोना संक्रमणबाट म्याग्दीमा ८५ वर्षीय पुरुषको मृत्यु


- दृष्टि न्युज/संवाददाता


बेनी, ५ कात्तिक । म्याग्दीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्र्तगत कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्ष (आइसीयू) मा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ वर्षीय पुरुषको मंगलबार राति ८ः२५ बजे मृत्यु भएको हो ।

गत असोज २९ गते कोरोना संक्रमण भएपछि केन्द्रको आइसीयूमा भर्ना भएर उपचार गराइरहेका उनको दुवै फोक्सोमा निमोनिया तथा मिर्गौलाको समस्यासमेत देखिएको अस्पतालले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्