Logo
Logo

गौमुलमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा


- दृष्टि न्युज/संवाददाता


बाजुरा, ५ कात्तिक । गौमुल गाउँपालिकाको घटमुनामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । संघीय सरकारको आर्थिक सहयोग र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका अन्तर्गत जिल्ला आयुर्वेद केन्द्र बाजुराद्धारा संचालन हुने गरी केन्द्र सञ्चालन गरिएको हो ।

गाउँपालिका केन्द्र घटमुनामा कार्यालय संचालन हुने गरी कार्यालय उद्घाटन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख दीक्षा भण्डारीले जानकारी दिएकी छन् । कार्यालयको औपचारिक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले उद्घाटन गरेका हुन् । नागरिक आरोग्य केन्द्रमा वैद्य र एक सहयोगी कर्मचारी रहेकाले उनीहरुले सेवा केन्द्रबाट निशुल्क औधषी वितरण,विरामी चेकजाँच पुर्व कर्म÷पन्च कर्म सेवा दिने गरी संचालनमा ल्याएको कार्यालय प्रमुख भण्डारीले बताएकी छन् ।

आरोग्य सेवा केन्द्रले गाउँपालिकाका जेष्ठ नागरिकलाई रसायन औषधी वितरण र स्तनपाइ आमालाई दुग्धवतन औषधी वितरण गरिने छ । सेवा गाउँपालिका केन्द्रमै सञ्चालन हुँदा स्थानीयले सेवा पाउने विश्वास गरिएको छ । सेवा सञ्चालन गर्ने गरी एक जना वैद्य कर्मचारी र एक जना सहयोगी नियुक्त गरिएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि नागरिक आरोग्य सेवा सोमबारबाट नै सुचारु भएको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताउनु भएको छ ।

यसअघि कोल्टीमा आयुर्वेद चिकित्सक र वैद्यले सेवा दिने गरी सेवा केन्द्र सञ्चालनमा आएको छ । नागरिक आरोग्य सेवा केन्द्र उद्घाटनपछि गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले दुर्गममा आयुर्वेद केन्द्रले सेवा सुचारु गरिएको प्रति खुसी व्यक्त गरेका छन् ।

यस्तै पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा पनि सोमबार नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । घटमुनामा स्थापना गरिएको नागरिक आरोग्य केन्द्र उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकाया, उपाध्यक्ष सिता रोकाया (थापा) वडा नं ६ का वडा अध्यक्ष प्रकाश रोकाया, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख दिक्षा भण्डारी र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बीर रोकाया सहीत सहभागि थिए । नागरिक आरोग्य सेवा केन्द्र उद्घाटनपछि एक जनाको उपचारसमेत गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्