Logo
Logo

जेनजी सहिदको सालिक राख्न संसद् भवनको गुरुयोजना संशोधन गरौँ: प्रधानमन्त्री


504
Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेनजी आन्दोलनका सहिदहरूको सालिक राख्ने योजनाबारे जानकारी लिएकी छन् ।

The current image has no alternative text. The file name is: sushila.jpg

बिहीबार सिंहदरबारमा विभिन्न मन्त्री र सम्बन्धित निकायका अधिकारीहरूलाई बोलाएर प्रधानमन्त्री कार्कीले निर्माणाधीन संसद् भवन परिसरमा सहिदको सालिक स्थापना गर्ने विषयमा छलफल गरेकी हुन् ।

छलफलमा सहभागी हुनेमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, खानेपानीमन्त्री डा। मदन परियार, सहरी विकासमन्त्री कुमार इङ्नाम, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्की, अर्थसचिव घनश्याम उपाध्याय, सहरी विकास सचिव गोपाल सिग्देल, कानुन सचिव पाराश्वर ढुङ्गाना लगायत थिए।

सहरी विकास सचिव सिग्देलले सालिक राख्नका लागि पहिचान गरिएका स्थान र सम्भावित डिजाइनबारे जानकारी प्रस्तुत गर्दै सुझाव र निर्देशनको लागि आग्रह गरेका थिए।

प्रधानमन्त्री कार्कीले यस विषयमा ढिलो नगरी संसद् भवन निर्माणसम्बन्धी गुरुयोजना संशोधन गरेर कार्य अगाडि बढाउन निर्देशन दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्