Logo
Logo

उम्मेदवारी खारेज भएपछि रेशम चौधरीले के भने ?


3.5k
Shares

काठमाडौं । नाउपा नेपालका संरक्षक रेशम चौधरीले आफू राजनीतिक सिकार भएको टिप्पणी गरेका छन् ।

कैलाली-१ बाट उम्मेदवारी दिएका चौधरीले आफ्नो उम्मेदवारी खारेज भएपछि प्रतिक्रिया दिँदै राजनैतिक सिकार बनाउनुको पनि हद हुन्छ भन्दै विभेद दमन र उपेक्षित समुदायलाई उत्पिडनमा पार्दा प्रयोग गरिने हतियार पनि कस्ता कस्ता भन्ने प्रश्न गरेका छन् । साथै उनले आफ्नो उम्मेदवारी खारेजका विरुद्ध देशैभर जाँतोमा मतदान गरेर नाउपा नेपाललाई साथ दिन आग्रह गरेका छन् ।

उनले भनेका छन् :

राजनैतिक सिकार बनाउनुको पनि हद हुन्छ । विभेद दमन र उपेक्षित समुदायलाई उत्पिडनमा पार्दा प्रयोग गरिने हतियार पनि कस्ता कस्ता रु मण्डेलाले लामो सङ्घर्ष गर्दाको परिणाम प्राप्ति सिङ्गो अफ्रिका हो । पहिचानको लामो लडाईको मार्ग कतै त्यही हुने त होइन रु भन्ने भय छ । राजनैतिक विभेदका विरुद्ध सबैको साथ भनेकै जाँतोमा (चकिया) मा मतदान हो । मेरो उम्मेदवारी खारेजका विरुद्ध देशैभर जाँतोमा मतदान गरेर नाउपा नेपाललाई साथ दिनुहुनेछ भन्ने अपेक्षा सहित । जय नागरिक ।

प्रतिक्रिया दिनुहोस्