काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा आठ वटा मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ ।

जिल्ला सुरक्षा समितिले निर्माण गरेको निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजनाअनुसार अति संवेदनशील मतदान केन्द्र निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए ।
निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन त्यसका लागि अति संवेदनशील केन्द्रहरूमा विशेष सुरक्षा व्यवस्था लागु गरिने भएको छ ।
जिल्लाका १० स्थानीय तहमा ३०९ मतदान केन्द्र छन् । जिल्लामा दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् ।










