Logo
Logo

सानोठिमी बाल सुधारगृहमा सुरक्षा तैनाथी बढाइयो


693
Shares

काठमाडौं । भक्तपुरको सानोठिमी बाल सुधार गृहको अवस्था अहिले सामान्य बनेको छ । बिहीबार राति बाल सुधारगृहमा दुई समूहबीच झडप हुँदा त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो ।

दुई समूहबीच झडप हुँदा नियन्त्रणकाका लागि थिमि प्रहरी वृत्तका प्रमुखको नेतृत्वमा टोली परिचाल गरिए पनि प्रहरी माथि नै ढुङ्गा प्रहार भएको थियो ।

सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो र आगो नियन्त्रकका लागि मध्यरातमा भक्तपुर र काठमाडौँका वारुणयन्त्र परिचालन गरिएको थियो ।

सो सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन् । अवस्था सामान्य बन्दै गएपनि सुरक्षाका लागि भने बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्