
काठमाडौं । भक्तपुरको बाल सुधार गृहमा भएको झडपमा परी १३ जना घाइते भएका छन् ।
बिहीबार राति दुई समूहबीच भएको झडप नियन्त्रणबाहि जाँदा सुधार गृहमा आगजनी समेत भएको थियो । सो झडपका क्रममा घाइते भएकामध्ये दुई जना अस्पतालमा उपचाररत छन् ।
झडपपछि १६२ जनालाई स्थानान्तरण गरेर सुधार गृह खाली गराइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी प्रकाश जगेबुले जानकारी दिए ।
उनका अनुसार एक पक्षले अर्को पक्षलाई हेप्ने, पिट्ने गरेपछि झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरी टोली सुधार गृहभित्र छिर्न खोजे पनि सुधार गृहमा रहेकाहरुले प्रहरीमाथि नै ढुंगामुढा गरेको थियो ।
उक्त बाल सुधार गृहमा जम्मा १६४ जना थिए । आगजनी लगाएर भवन ध्वस्त बनाएपछि अहिले सबैलाई जिल्ला प्रहरी परिसर काठमाडौं र भक्तपुरको बाल सुधार निगरानी कक्षमा राखिएको डीएसपी जगेबुले बताए ।











