Logo
Logo

बैतडीमा कांग्रेसका बागी उम्मेदवार चन्दले लिए उम्मेदवारी फिर्ता


819
Shares

बैतडी । प्रतिनिधिसभा सदस्यको लागि बैतडीबाट नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका तेजबहादुर चन्दले उम्मेदवारी फिर्ता लिएका छन् ।

सामाजिक सञ्जालबाट आफ्नो धारणा राख्दै नेपाली कांग्रेस त्यागेको घोषणा गरेका उनले शुक्रवार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

उनी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि समेत हुन् । दलगत राजनीति त्यागेर स्वतन्त्ररूपमा नयाँ राजनीतिक रूपमा अघि बढ्ने बताउँदै चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । तर आज उनले उम्मेदवारी फिर्ता लिएका हुन् ।

अब जिल्लामा एक स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी कायम भएको छ  । नेकपा एमालेका दामोदर भण्डारी, नेपाली कांग्रेसका चतुरबहादुर चन्द, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमानन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुपेनबहादुर चन्द, जनता समावादी पार्टी नेपालबाट आनसिंह भण्डारी, श्रम संस्कृती पार्टीबाट गजेन्द्रराज पाण्डेय, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट रामबहादुर कुँवर, आम जनता पार्टीबाट बिसनसिंह बोहरा र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तको उम्मेदवारी कायम रहेको छ  ।

प्रतिक्रिया दिनुहोस्