काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । पार्टी मुख्यालयमा शुक्रवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापालाई आधिकारिक रूपमा प्रधानमन्त्रीका रूपमा अघि सारेको हो ।

उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र अर्का उपसभापति पुष्पा भुसालको समर्थनमा थापालाई प्रधानमन्त्रीको उम्मेदवारको प्रस्ताव गरिएको थियो । उक्त प्रस्ताव बैठकले सर्वसम्मतरुपमा पारित गरेको हो ।











