Logo
Logo

एसपी र इन्सपेक्टरको छुट्टाछुट्टै घुमुवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपीका मात्र होइन इन्सपेक्टरको समेत छुट्टै घुमुवा टोली छ । इन्सपेक्टर सुरज क्षेत्रीले दुई प्रहरीलाई घुमुवाका रुपमा परिचालन गरेर पैसा उठाउने गरेका छन् । उनले प्रहरी जवानद्वय सन्तोष पौडेल र सन्दीप बुढालाई घुमुवाका रुपमा परिचालन गरेका छन् ।


उनीहरुले भन्सार एजेन्टहरुसँग मिलेर पैसा उठाउने गरेका छन् । चोरी गाडी पक्राउ गर्ने र पैसा उठाएर छाड्ने गरेको प्रहरी स्रोत बताउँछ । इन्सपेक्टरको आदेशअनुसार कतिपय गाडीहरु पास गराउने गरेका छन् ।
उनीहरुले सेटिङमा सुन समेत तस्करी गर्दै आएको स्रोत बताउँछ । जुवाको पैसा उठाउनेदेखि अवैध क्रसरसम्म उनीहरुको संरक्षण रहेको स्रोत बताउँछ । इन्सपेक्टर क्षेत्रीले अकुत कमाएर हालै बुटवलमा घर समेत किनिसकेका छन् । घुमुवा बुढाले चैत २ गते तेलनापुर बाँकेस्थित एक पसलमा आफु असई हुँ भन्दै एक पसलमा अत्याधिक मदिरा पिएर झगडा गरेका थिए । तर, पनि इन्सपेक्टरकै कारण उनलाई कारबाहीबाट जोगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्