Logo
Logo

निर्वाचनमा प्रयोग गर्न प्रहरीले सेनासँग सापटी माग्यो २८ सय पेस्तोल


0
Shares

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा प्रयोग गर्न प्रहरीले सेनासँग हतियार ‘सापटी’ मागेको छ ।

नेपाल प्रहरीले २८ सय साना हतियार उपलब्ध गराइदिन गृह मन्त्रालय हुँदै नेपाली सेनालाई पत्राचार गरेको हो । प्रहरीको माग अनुसार सेनाले पेस्तोल दिने निर्णय गरेको छ । सेनाबाट सापटी लिइने पेस्तोल प्रदेशमा पठाइने र त्यहाँबाट आवश्यकता अनुसार प्रयोग गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

हरेक मतदानस्थलमा साना हतियारसहित प्रहरी खटाउने एकीकृत सुरक्षा योजनामा उल्लेख छ । त्यसअनुसार पर्याप्त हतियार नभएपछि सेनासँग सापट लिएको गृह मन्त्रालयले जनाएको छ ।

अघिल्लो निर्वाचनमा पनि नेपाल प्रहरीले सेनाकै हतियार प्रयोग गरेको थियो । २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनी प्रहरीले सेनासँग हतियार मागेर चलाएको थियो । त्यसबेला ‘बालगिरी’मा प्रहरीले सेनासँग २८ सय हतियार लिएर निर्वाचन सुरक्षामा प्रयोग गरेको थियो ।

२०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पनि प्रहरीले सेनासँग चिनियाँ पेस्तोल सापटी लिएको थियो । जेन–जी आन्दोलनमा प्रहरीका केही हतियार लुटिएकाले पनि यसपटक प्रहरी अझै समस्यामा छ ।

प्रतिक्रिया दिनुहोस्