Logo
Logo

मेटलाइफ अग्रणी बीमा कम्पनीको रूपमा सम्मानित


63
Shares

काठमाडौं । मेटलाइफ, इन्क. (NYSE:MET) लगातार सातौँ वर्ष Fortune World’s Most Admired Companies™ को सूचीमा सूचीकृत भएको छ । सन् २०२६ का लागि मेटलाइफले जीवन तथा स्वास्थ्य बीमा उद्योगमा पहिलो स्थान हासिल गरेको छ । यो सम्मानले वित्तीय सेवा क्षेत्रमा मेटलाइफको बलियो प्रतिष्ठा, निरन्तर प्रदर्शन र दीर्घकालीन नेतृत्वलाई प्रतिबिम्बित गर्दछ ।

“करिब १६० वर्षदेखि मेटलाइफले मानिसहरूलाई आत्मविश्वासका साथ अघि बढ्न सहयोग गर्दै आएको छ,” मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिशेल खलाफले भने, “यो मान्यताले हाम्रो व्यवसायको मजबुती, हाम्रा सहकर्मीहरूको समर्पण तथा विश्वभरिका हाम्रा ग्राहक, सहकर्मी र समुदायका लागि मूल्य सिर्जना गर्ने हाम्रो अटल प्रतिबद्धतालाई झल्काउँछ ।”

फच्र्युन र कोर्न फेरीले २५ वर्षभन्दा बढी समयदेखि सहकार्य गर्दै फच्र्युन वल्ड्र्स मोस्ट एडमायर्ड कम्पनीज सूचीमार्फत कम्पनीहरूको कर्पोरेट प्रतिष्ठाको पहिचान र मूल्याङ्कन गर्दै आएका छन् । यसका लागि शीर्ष कार्यकारी, निर्देशक तथा वित्तीय समुदायका सदस्यहरूलाई आफ्नै उद्योगभित्रका कम्पनीहरूलाई नौवटा मापदण्डका आधारमा मूल्याङ्कन गर्न अनुरोध गरिन्छ । ती मापदण्डहरूमा नवीनता, दीर्घकालीन लगानी मूल्य, वित्तीय सुदृढता तथा प्रतिभा आकर्षित र कायम राख्ने क्षमता समावेश छन् ।

मेटलाइफलाई प्राप्त यो सम्मान सन् २०२५ मा १०औँ स्थानमा रहँदै लगातार दोस्रो वर्ष फच्र्युन वल्ड्र्स २५ बेस्ट वर्कप्लेस™ सूचीमा समावेश हुनुका साथै ३३ बजारमा ग्रेट प्लेस टु वर्क को प्रमाणपत्र प्राप्त गरेपछिको उपलब्धि हो । यी सबै उपलब्धिहरूले मेटलाइफको उद्देश्यप्रेरित र समावेशी कार्यसंस्कृति तथा आफ्ना कर्मचारी, ग्राहक र सेवा प्रदान गर्ने समुदायप्रति रहेको दृढ प्रतिबद्धतालाई उजागर गर्छन् ।

फच्र्युन वल्ड्र्स मोस्ट एडमायर्ड कम्पनीज™ २०२६ सूचीसम्बन्धी थप विवरण यहाँ हेर्न सकिन्छ ।

मेटलाइफको बारेमा:
MetLife, Inc. (NYSE: MET), आफ्ना सहायक र सम्बद्घ संस्थाहरु सहित (“MetLife”) वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी (Annuities), कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई अझ सुनिश्चित भविश्य निर्माण गर्न मद्घत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो । सन् १८६८ मा स्थापित भएको MetLife, विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ । MetLife, Inc को सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा MetLife सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ । नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्