Logo
Logo

सुमन शर्मा प्रभु बैंकको सीईओ नियुक्त


378
Shares

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले शर्मालाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गरेको हो ।

बैंकिङ क्षेत्रमा २५ वर्ष लामो अनुभव भएका शर्मा अनुभवी र कुशल बैंकरको रुपमा चिनिन्छन् । उनी यसअघि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । त्योभन्दा अघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।

बैंकका निवर्तमान सीईओ अशोक शेरचनले आइतबार राजीनामा दिएपछि त्यसलाई स्वीकृत गर्दै शर्मालाई नियुक्त गरेको हो । बैंकर शर्मासँग ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे, एनएमबी बैंकलगायतमा काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्