
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णु प्रसाद भट्टले पाएका छन् ।
यसअघि सशस्त्रमा प्रहरी नायव महानिरीक्षक मनिष थापा सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारीमा थिए ।
उनी सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएर गएपछि भट्टलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।











