Logo
Logo

बैतडी बस दुर्घटना: मृतक परिवारलाई एक-एक लाख राहत दिने


0
Shares

काठमाडौं । बैतडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले एक-एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

The current image has no alternative text. The file name is: baitadi.jpg

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहतस्वरूप उक्त रकम प्रदान गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले जानकारी दिए । मन्त्री सार्कीका अनुसार दुर्घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने निर्णय पनि गरिएको छ ।

बिहीबार साँझ बैतडीको पुर्चौडी नगरपालिका-७ भौनीबाट जन्ती लिएर बझाङ फर्किने क्रममा सुपप्र ०२-००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्