Logo
Logo

सुदूरपश्चिमका कानूनमन्त्री शाह दम्पत्तीलाई कोरोना पुष्टि


- दृष्टि न्युज/संवाददाता


कात्तिक, १६, बाजुरा । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा शाहलाई संक्रमण पुष्टि भएको हो । शनिबार गरिएको परीक्षणमा मन्त्री शाह र उनकी श्रीमतीलाई कोरोना पनि पुष्टि भएको मन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजानिक गरेका छन् ।

मन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्– कोरोनालाई परास्त गरी छिट्टै काममा फर्किन्छु । कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि आफूलाई कोरोनामा भएको प्रष्ट्याउँदै मन्त्री शाहले भने, ‘मेरो स्वास्थ्यमा खासै समस्या छैन्, कोरोनालाई परास्त गरी छिट्टै काममा फर्किनेछु ।’ दशैँ मनाएर बाजुराबाट फर्किएका मन्त्री शाहले सामान्य ज्वरो र पखाला लागेपछि शंका लागेर परीक्षण गराएको बताउँदै अहिले स्वास्थ्यमा समस्या नरहेको उनले बताए ।

मन्त्री शाहकी पत्नी लक्ष्मी भट्ट शाहलाई समेत संक्रमण पुष्टि भएको छ भने मन्त्रीका साला र सवारी चालकलाई पनि संक्रमण देखिएको छ । उनीहरु अहिले धनगढीस्थित सरकारी निवासमै सेल्फ आइसोलेसनमा बसेका छन् । यसअघि करिब १५ दिन अगाडि आन्तरिक मामिला तथा कानून मन्त्रालयका सवारी चालकमा पनि संक्रमण देखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्