Logo
Logo

रास्वपाका नेता प्रणय शमशेरले त्यागे पार्टी सदस्यता


504
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन् । उनले बिहीबार महामन्त्री (कबिन्द्र बुर्लाकोटी) लाई सम्बोधन गरेर पत्र पठाउँदै पार्टी सदस्यताबाट राजीनामा दिएका हुन् ।

‘सबै बेथितिका बावजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको व्यहोरा जानकारी गराउन चाहन्छु,’ राणाले राजीनामा पत्रमा लेखेका छन् ।

उनले आन्तरिक अभ्यास सही ढङ्ग नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास नरहेकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।   

राणा पछिल्लो समय प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाले गरेको ‘प्राइमरी इलेक्सन’ प्रति असन्तुष्ट थिए । ‘प्राइमरी चुनावमा सधैं ५० प्रतिशत चलखेलको बाटो राखियो । अहिले आएर विशेष परिस्थितिको नाममा सङ्गठनको आफ्नो नेतृत्व छान्ने अधिकार पनि लुटियो’, उनले लखेका छन्, ‘१००० सदस्यता शुल्कबाट ३०० पालिकामा आउने भनेको कहिले आएन, प्राइमरीका प्रक्रियामात्र नभई त्यसका लागि भनी उठाइएको ठूलो रकममा पनि आर्थिक अपारदर्शिता र अपचलन देखियो ।’

पार्टी स्थापना कालमा गरिएको रास्वपाको वाचा ‘बेथितिको अन्त्य थितिको थालनी’ ठीक उल्टो भएर ‘थितिको अन्त्य–बेथितिको थालनी’ हुन पुगेको राणाको टिप्पणी छ । केन्द्रमा बसेका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्यहरू उक्त बेथितिको साझेदार भएका उनको आरोप छ ।

‘अन्य अजिबो गरिब तवरले मौन छन् । सीमित केही बोल्ने साथीहरूको हविगत आम नेपालीलाई थाहा भइसकेको छ’, राणाले भनेका छन्, ‘सुशासन, जवाफदेहिता, आर्थिक पारदर्शिता अब पार्टीको नारामा मात्रै सीमित रहेको छ९ अभ्यासमा फिटिक्कै छैन !’

प्रतिक्रिया दिनुहोस्