Logo
Logo

बाजुराको बूढीगंगामा जीप दुर्घटना, बालकको मृत्यु, दुई घाइते


- दृष्टि न्युज/संवाददाता


बाजुरा, १६ कात्तिक । जिल्लाको बूढीगंगा नगरपालिकामा जीप दुर्घटना हुँदा १ बालकको मृत्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ४ को बेलकाट्या भन्ने स्थानमा ताप्रीबाट आइरहेको से १ ज ११८० नम्बर जीप दुर्घटना हुँदा सोही ठाउँका अन्दाजी ४ वर्षीय बालक प्रिन्स मिजारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा बूढीगंगा नगरपालिका वडा नं ४ कै २५ वर्षीय कमलबहादुर नेपाली र २४ वर्षीय निरञ्जन नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्