Logo
Logo

कोशी प्रदेशका विशेष अनुदान आयोजना राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय


126
Shares

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशबाट कार्यान्वयन हुने आयोजना राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको छ।

The current image has no alternative text. The file name is: indramani-parajuli.jpg

विराटनगरमा बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले समग्र तथा विशेष अनुदानअन्तर्गतका आयोजनाहरू आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।

बैठकले ‘प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन, २०७९’ संशोधन गर्न बनेको विधेयक कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पेश गर्ने निर्णय गरेको छ । साथै, आयोजना छनोट तथा वर्गीकरणसम्बन्धी ‘आयोजना बैंक व्यवस्थापन कार्यविधि’ संशोधनका लागि आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय पनि गरिएको छ ।

त्यस्तै, सहज संक्रमण रणनीति कार्यान्वयनका लागि मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरीय एलडिसी ग्राजुएसन कार्यान्वयन समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्