बागलुङ । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ जना विद्यार्थी घाइते भएका छन् ।

बागलुङ नगरपालिका–१ रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमीका विद्यार्थी बोकेको ग ३ च ८६२१ नम्बरको भ्यान मध्यपहाडी लोकमार्गबाट रात्माटा जाँदै गर्दा दुर्घटनामा परेको हो । भ्यान लोकमार्गबाट अन्दाजी ५० मिटर तल शिवधारचोक जाने सडकमा खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दुर्घटनामा घाइते भएका सबै विद्यार्थीको उद्धार गरी धौलागिरी अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।











