काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आफ्नो प्रतिबद्धतापत्र निर्वाचन आयोग नेपालसमक्ष पेस गरेको छ ।

पार्टीका तर्फबाट उक्त प्रतिबद्धतापत्र आज प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष बुझाइएको हो ।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०८२अनुसार निर्वाचनमा सहभागी राजनीतिक दलहरूले आफ्नो घोषणापत्र वा प्रतिबद्धतापत्र फागुन ३ गतेभित्र अनिवार्य रूपमा बुझाइसक्नुपर्ने व्यवस्था गरेको जनाएको छ ।
सोहीअनुसार आयोगले यसअघि नै सबै दलहरूलाई निर्धारित समयभित्र आवश्यक कागजात पेस गर्न आग्रह गरेको थियो ।












