
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले जनकपुरस्थित मिथिला यात्रीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य ७७ जना अभिकर्ताहरुसहित विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं मधेश प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्विप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा मधेश प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरेका थिए ।
त्यस्तै नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो । साथै सो प्रदेशबाट आफ्नो कोड र संजालमा प्रथम द्वित्तिय र तृत्तिय हुन सफल उत्कृष्ट अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।
सम्मानका क्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै सबै तहका अभिकर्ताहरुको लागि अभिकर्ता मैत्री योजना ल्याउने क्रममा बार्षिक रुपमा प्रदेश स्तरिय कार्यक्रम गर्ने गरी सिइओ क्लबको अवधारणा ल्याइएको र यस अवधारणा अन्तर्गत सिइओ क्लबमा नेपालभरबाट १६०० जना भन्दा बढि अभकिर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताए ।
सो समारोहमा उपस्थित अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले व्यवसायिक दक्षता अभिवृद्धि गर्ने सम्बन्धमा विभिन्न उदाहरण मार्फत महत्वपूर्ण तालिम प्रदान गरेका थिए ।
यसैगरी सो प्रदेशबाट उत्कृष्ट हुने अभिकर्ताहरुमध्ये जनकपुर शाखाका लक्ष्मण पण्डित र लाहान शाखाका श्याम चन्द्र राईले आफ्नो व्यवसायिक अनुभव व्यक्त गरेका थिए ।












