Logo
Logo

चुनावमा जित-हार दुवैलाई स्वीकार गर्नुपर्छ : रेणु दाहाल


567
Shares

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेणु दाहालले आम जनसमुदायबाट माया, विश्वास र समर्थनले आफूलाई उत्साहित बनाएको बताएकी छन् । 

The current image has no alternative text. The file name is: Renu-dahal.gif

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘यतिबेला म चितवन क्षेत्र नं.३ मा प्रतिनिधि सभा उम्मेदवारका हैसियतले घरदैलो अभियानमा व्यस्त छु । यसक्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले मलाई अत्यन्त उत्साहित बनाएको छ ।’ 

भरतपुर महानगरपालिकामा ९ वर्षसम्म मेयर पदमा रहँदा आफ्नो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताकै कारण स्नेह पाएको उनको बुझाइ छ । निर्वाचनमा सहभागी भइसकेपछि जित हार दुवैलाई स्वीकार गर्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको उनले बताएकी छन् ।

उनले लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेको पनि बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्