Logo
Logo

टुँडिखेलमा अमेरिकी सेनाको परेडबारे विप्लवले मागे सरकारको जवाफ


630
Shares

काठमाडौं । नेकपा (माओवादी) ले नेपाली सेना दिवसको अवसरमा सैन्य मञ्च टुँडिखेल काठमाडौंमा अमेरिकी सेनाले परेड खेलेको घटनाप्रति आपत्ति जनाएको छ ।

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विज्ञप्ति जारी गर्दै राजनीतिक दल र नेपाली जनताको सहमति बिना रहस्यमय तरिकाले सैन्य परेड खेलाएको भन्दै आपत्ति जनाएको हुन् ।

सैनिक दिवसको अवसरमा आइतबार टुँडिखेलमा अमेरिका र बेलायतका सैनिकले परेडसहितको प्रस्तुति दिएको विषय विवादमा परेपछि विप्लवले यो घातक कार्य गर्ने र गराउने दुवै तत्वको घोर भत्र्सना गर्दै सरकारसँग जवाफ माग गरेका छन् ।

उनले भनेका छन्, ‘२०८२ फागुन ३ गतेका दिन नेपाली सेना दिवसको अवसरमा सैन्य मंच काठमाडौंमा अमेरिकी सेनाले परेड खेलेको दृश्यले हाम्रो मात्र होइन सारा नेपाली जनताको ध्यान केन्द्रीत गरेको छ । अमेरिकी हस्तक्षेपबारे अनेकौं विवाद चलिरहेको स्थितिमा नेपालका राजनीतिक दल र नेपाली जनताको जानकारी एवं सहमति बिना यसरी रहस्यमय तरिकाले सैन्य परेड खेल्नु र खेलाउनु राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामाथिको गंभीर खेलवाड हो । हामी यस्तो घातक कार्य गर्ने गराउने दुवै तत्वको घोर भत्र्सना गर्दछौं ।’

उनले यस घटनाबारे राज्यको धारणा यथासिघ्र सार्वजनिक गर्न माग गर्दै देशको स्वाधीनता दिन प्रतिदिन खतरामा पर्दै गएको सन्दर्भमा यस्ता कार्यप्रति सजक रहन र आवश्यकता अनुरुप प्रतिरोधका निम्ति तयार रहन आम नेपाली जनतालाई विशेष आह्वान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्