Logo
Logo

बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो


- दृष्टि न्युज/संवाददाता


नेपालगञ्ज, १७ कात्तिक । बाँकेमा कोरोना महामारी संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ । पछिल्लोपटक कोराना भाइरस संक्रमणबाट गए राति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ७० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत महिलाको गए राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक १२ गते अस्पताल भर्ना हुनुभएकी ती महिलामा कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएलगत्तै भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरी उपचारकै क्रममा मृत्यु भएको हो । बाँकेमा कोरोना संक्रमितको संख्या तीन हजार १६८ रहेकामा दुई हजार ८८६ जना निको भएर घर फर्किसकेका छन् । बाँकेमा अहिले सक्रिय संक्रमितको संख्या २५३ पुगेको स्रोत व्यक्ति श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्