Logo
Logo

मधेश सभापति शर्माले छाडिन् रास्वपा


504
Shares

काठमाडौं । रास्वपा मधेश सभापति ममता शर्माले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी छन् । केन्द्रीय महिला तथा सामाजिक विकास विभागका सदस्यसमेत रहेकी उनले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्यागको घोषणा गरेकी हुन् ।

‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आबद्ध भएको थिएँ । तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेको छु । त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजीनामा पेस गर्दछु,’ उनले भनेकी छन् ।

सङ्गठनमा दिनरात खटिएकी क्षमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्याङ्कन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएको उनको अअरोप छ ।

उनले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकमा निवेदन दिएकी थिइन् । प्राइमरी निर्वाचनबाट तेस्रो नम्बरमा नाम निकाल्न सफल भएकी उनलाई लिस्ट बनाउँदा पार्टीले सात नम्बरमा पु¥याएको थियो । त्यसपछि समानुपातिकमा बस्न अस्वीकार गरेकी शर्मा प्रत्यक्षतर्फ टिकट पाउने आशामा थिइन् । तर त्यसमा पनि रास्वपाले उनलाई टिकट नदिएर अरुलाई नै उम्मेदवार बनाएपछि उनी असन्तुष्ट थिइन् ।

प्रतिक्रिया दिनुहोस्