Logo
Logo

मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकको काउण्टर सञ्चालन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंक लिमिटेडले आज (कात्तिक १७ गते)देखि आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मातृशिशु मितेरी हस्पिटल परिसरमा गण्डकी प्रदेशका प्रदेश सभासद कृष्णबहादुर थापाले एक समारोहका बीच एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका छन् ।

मातृशिशु मितेरी हस्पिटलमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट बिहान ८ देखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्यसम्बन्धी कार्यको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सम्पूर्ण सेवाग्राहीलाई बैंकिङ सेवा उपलब्ध हुनेछ । उपचारको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सेवाग्राहीले बुझाउनुपर्ने जुनसुकै रकम बिनाझण्झट सरल एवं सहजरुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउनेछन् ।

स्क्स्टेन्सन काउण्टर सञ्चालनपश्चात् मातृशिशु हस्पिटलको आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमार्पmत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेमा बैंकले विश्वास लिएको छ । साथै समाजसेवी भावनाले सामाजिक क्रियाकलापलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीको सेवामा समेत उल्लेख्य योगदान पु¥याउने प्रण गरेको छ ।

प्रभु बैंकले २१० वटा शाखा कार्यालय, १९५ वटा एटिएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवामार्पmत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्