Logo
Logo

एमाले देश बनाउने शक्ति हो, बिगार्ने काम गर्दैन : ईश्वर पोखरेल


126
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ का नेकपा एमाले उम्मेदवार ईश्वर पोखरेलले एमाले देश बनाउने शक्ति भएको बताएका छन् । बुधवार टोखामा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले एमाले देश बनाउने शक्ति भएको र सधैँ देश निर्माणका लागि काम गर्दै आइरहेको बताए ।

उनले भने, ‘एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन ।’ नेता पोखरेलले एमालेलाई विजयी गराउन सबै कार्यकर्ता तथा समर्थकलाई जनताको बिचमा पुगेर पार्टीका एजेन्डा राख्न अनुरोध पनि गरे ।

साथै, उनले जनताका गुनासा, आलोचना र समस्याहरू सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे । नेता पोखरेलले फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही ट्याकमा ल्याउनैका लागि देशभर एमालेको जित आवश्यक रहेको औँल्याए ।

प्रतिक्रिया दिनुहोस्