काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्।

उनी बुधबार गोकर्णेश्वर-३ को मतदान केन्द्रहरूमा स्थलगत निरीक्षणमा थिए । सामाजिक सञ्जालमा फैलिने गलत सूचना र दुष्प्रचारबाट सचेत रहन र निर्वाचन तयारीमा सक्रिय हुन निर्वाचन अधिकारीहरूलाई उनले निर्देशन दिएका छन् ।
निर्वाचन अधिकृतहरूले सबै मतदान केन्द्रको सुरक्षा, मतदाता शिक्षा, सामग्री ढुवानी र जनशक्ति व्यवस्थापन पूरा भइसकेको जानकारी दिएका छन् ।











