Logo
Logo

प्रजातन्त्र दिवसले तीन जिम्मेवारी बोध गराउँछ : ओली


315
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै आजको दिनले नेपालीहरूलाई तीन महत्त्वपूर्ण जिम्मेवारीको स्मरण गराएको बताएका छन् ।

The current image has no alternative text. The file name is: 1000117264-scaled-e1770209792882.jpg

सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा उनले भनेका छन्, ‘आजको ऐतिहासिक दिनले हामीलाई तीन प्रमुख जिम्मेवारीबोध गराउँछ- पहिलो, राष्ट्रिय स्वाधीनता रक्षा गर्दै राष्ट्रको गरिमा, स्वाभिमान र सार्वभौमसत्ता जोगाउने ।  दोस्रो, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार, स्वतन्त्रता तथा मूल्य-मान्यतालाई जीवन्त राख्ने । तेस्रो, विभिन्न प्राकृतिक तथा मानवीय विपत्तिबाट क्षतिग्रस्त भएका राष्ट्रिय धरोहर, समृद्ध सांस्कृतिक सम्पदा, उद्योगधन्दा तथा पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको जीवन र सुरक्षालाई प्राथमिकता दिने ।’

प्रजातन्त्र दिवसलाई जनताको साहस, त्याग र बलिदानको प्रतीकका रूपमा सम्झँदै ओलीले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता, अधिकार र प्रजातन्त्रको नयाँ बिहानी ल्याउने यो दिन ऐतिहासिक महत्वको भएको उल्लेख गरेका छन् । उनले प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने अमर शहीदहरू- शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली तथा उच्च सम्मान व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्