काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बनाउने र भत्काउनेबीचको द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको बताएका छन् । पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै चुनावअघि अहिले सिङ्गो समाज प्रश्नै प्रश्नको घेरामा रहेको बताए ।

उनले भदौ २३ र २४ को घटनालाई लिएर चार प्रश्न उठाएका छन् ।
पहिलो : भदौ २३ अघि देश बनिरहेको थियो कि बिग्रिँदै थियो ? कि देश बिग्रिएको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार गरिँदै थियो ?
दोस्रो : भदौ २३ को प्रदर्शनमा कसले घुसपैठ ग¥यो ? शान्तिपूर्ण प्रदर्शन गरेर घर फर्किन लागेका युवालाई निषेधित क्षेत्रतर्फ कसले र किन धकेल्यो ?
तेस्रो : भदौ २३ र २४ गतेका घटना स्वतस्फुत थिए कि योजनाबद्ध रु निजी सम्पत्ति, व्यवसाय र साधारण नागरिकलाई किन लक्ष्य बनाइयो ? आफ्नो कर्तव्य पालना गरिरहेका सुरक्षाकर्मीलाई किन आक्रमण गरियो ?
चौथो: सरकार संविधान तथा व्यवस्थाको सन्दर्भमा जेनजी प्रदर्शनको कुनै माग थिएन। हुँदै नभएको मागलाई लिएर प्रणालीमाथि नै धावा बोल्ने गरी प्रतिनिधि सभाको विघटन किन गरियो ?
उनले यी र यस्तै प्रश्नहरूको आफूहरूले पनि जवाफ खोजिरहेको बताए । उनले अहिले देशी विदेशी शक्तिहरूले देशमा अस्थिरता निम्त्याउन खोजिएको आरोप लगाए ।











