Logo
Logo

कर्णालीको दुःख र गरिबी बुझ्ने पार्टी बन्ने चाहना: बालेन


126
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले कर्णालीको दुःख र गरिबीलाई गहिरो रूपमा बुझ्ने पार्टी बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

The current image has no alternative text. The file name is: balen-3.jpg

बिहीबार सुर्खेतमा आयोजित चुनावी वाचापत्र सार्वजनिक समारोहलाई सम्बोधन गर्दै शाहले कर्णालीलाई ‘शिवभूमि’को संज्ञा दिए। ८“शिव भगवानको पाउमा आएर वाचापत्र घोषणा गर्न पाउँदा खुसी छौँ,” उनले भने।

शाहले महेन्द्र वीर विक्रम शाहको पुरानो भनाइ स्मरण गर्दै रारा तालको चर्चा गरे। कर्णालीको सम्भावना र उत्पादन क्षमतातर्फ संकेत गर्दै उनले यार्सागुम्बा विश्व बजारमा पुग्दा पनि जुम्लाको स्याउ र मार्सी चामल देशव्यापी रूपमा फैलिन नसकेको उल्लेख गरे ।

“डोल्पाको यार्सागुम्बा विश्वभर पुग्छ, तर कर्णालीको स्याउ र मार्सी चामल चितवन र झापा पुग्न सक्दैन,” उनले भने, “यहाँको उत्पादनलाई देशभर पुर्‍याउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी।”

शाहले सिञ्जा सभ्यता, नेपाली भाषा र खस भाषाको उद्गमस्थलको संरक्षणमा रास्वपा प्रतिबद्ध रहेको बताए।

“कर्णालीको दुःख र गरिबी बेच्ने नेता धेरै आए, तर बुझ्ने नेता आएनन्,” उनले भने,“त्यो बुझ्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी।”

प्रतिक्रिया दिनुहोस्