Logo
Logo

सर्लाहीमा गोली लागेर एक बालक घाइते


441
Shares

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते भएका छन् ।

The current image has no alternative text. The file name is: goli.jpg

मलङ्गवा नगरपालिका-४ निवासी रामविश्वास रामका १५ वर्षीय छोरा आकाश राम गोली लागेर घाइते भएका हुन् ।

मलङ्गवा-४ स्थित ‘ढाकाबोर्डर’ भन्ने स्थानमा फेला परेको बेवारिसे पेस्तोल खेलाउने क्रममा बालकलाई गोली लागेको हो । उक्त घटनामा बालकको दाहिने हातको पञ्जामा गोली लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

ढाकाबोर्डरस्थित निर्माणाधीन हनुमान मन्दिरभित्र कुनामा रातो कपडाले बेरिएको वस्तु खोली हेर्दा पेस्तोल भेटिएको र सो पेस्तोल नक्कली होला भनी चलाउने क्रममा पड्किँदा बालक घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते बालकको प्रादेशिक अस्पताल मलङ्वामा उपचार भइरहेको र हाल खतरामुक्त रहेको प्रहरीले जनाएको छ । गत आइतबार फागुन ३ गते राति मलङ्गवामै अज्ञात व्यक्तिको गोली प्रहारबाट भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इञ्जिनियर प्रमोदकुमार यादवको हत्या भएको थियो ।

उक्त घटनामा प्रयोग भएको हतियार पनि हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्