Logo
Logo

माओवादी उम्मेदवारमाथि हातपात गर्ने थप ३ जना पक्राउ


630
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार राजु हरिजनमाथि दुव्र्यवहार र हातपात गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।

फागुन ५ गते साँझ बर्दघाट नगरपालिका वडा नं. १२ जमुनियामा चुनावी अभियानमा रहेका उम्मेदवार हरिजनमाथि अपरिचित व्यक्तिहरूको समूहले हातपात गरी फरार भएका थिए । उक्त घटनाको प्रारम्भिक सूचना र खोजीका आधारमा इलाका प्रहरी कार्यालय बर्दघाट र अस्थायी प्रहरी पोस्ट भटौलियाको संयुक्त टोलीले फरार अभियुक्तहरूलाई उनीहरूको घरबाटै नियन्त्रणमा लिएको हो ।

प्रहरीले फागुन ६ गते राति ११ बजेको समयमा बर्दघाट नगरपालिका वडा नं. १३ धनेवा बस्ने २२ वर्षीय दिपिन थापा, १९ वर्षीय आयुष राना मगर र १८ वर्षीय राज वि.सी. भन्ने राम मिजारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जानकारी दिए ।

उम्मेदवारमाथि अभद्र व्यवहार गरी फरार रहेका उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ । पक्राउ परेका तीनै जनालाई हाल इलाका प्रहरी कार्यालय बर्दघाटको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ । यसअघि बर्दघाट –१३ धनेवाका ३१ वर्षीय अजय गौतमलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्