Logo
Logo

गौरमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त 


4.3k
Shares

रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका ६ सबगढा  गाउँमा दुई समुदायबीच झडप भएको छ । झडपको कारण त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

सबगढा  गाउँमा बिहीबार राति एक हिन्दु समुदायको विवाहमा बाजा बजाउँदै जन्ती गएको थियो । सबगढा गाउँमा रहेको मुस्लिम समुदायको मस्जिदमा रातिको समय नवाज पढिरहेको बेला बाजा बजाएको विषयलाई लिएर भनाभन भएको थियो ।

भनाभन पछि मुस्लिम समुदायका केही मानिसले बाजा बजाउने डिजे ग्रुपका केही मानिसलाई कुटपिट गरेका थिए । त्यही विषय लिएर आज बिहानै देखी पुनः दुई समुदायबिच झडप भएको हो । 

आज बिहानैदेखि दुवै पक्षबाट ढुङ्गा हानाहान भइरहेको  छ । घटनापछि उक्त क्षेत्रमा बाक्लो सुरक्षाकर्मीको परिचालन गरिएको छ । अवस्था नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी अढाई सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्