Logo
Logo

एनआइबिएल इक्विटीको बोर्ड सदस्य सल्लाहकारमा पौड्याल 


315
Shares

काठमाडौं  । एनआइबिएल  इक्विटीको बोर्ड सदस्य सल्लाहकारमा उपेन्द्र पौड्याल नियुक्त भएका छन् । उनको नियुक्तिले संस्थाको रणनीतिक नेतृत्वलाई थप सुदृढ बनाउँदै दिगो तथा बैङ्किङप्रतिको प्रतिबद्धतालाई अझ बलियो बनाउने विश्वास गरिएको छ ।

वाणिज्य बैङ्किङ, लगानी बैङ्किङ तथा दिगो वित्तका क्षेत्रमा चार दशक लामो अनुभव संगालेका पौड्यालले नेपालको बैङ्किङ क्षेत्र सुदृढीकरणमा योगदान दिएका छन् । यसअघि पौड्याल नबिल बैङ्कको अध्यक्ष थिए । त्यस्तै,१७ वर्ष प्रमुख कार्यकारी अधिकृतका रूपमा एनएमबि बैङ्कको नेतृत्व सम्हालिसकेको छन् । पौड्यालको नेतृत्वमा उल्लिखित संस्थाको सुशासन, जोखिम व्यवस्थापन तथा दिगो बैङ्किङका क्षेत्रमा महत्त्वपूर्ण प्रगति गरिएको बताइएको छ । 

त्यसैगरी, उनले वातावरणीय र सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी क्षता अभिवृद्धि कार्यक्रममा बैङ्किङ विशेषज्ञ रूपमा काम गरिसकेका छन् ।’शुसासन संरचना सुदृढीकरण, दिगोपन अभ्यास अभिबुद्धि तथा नेपालको बैङ्किङ क्ष्इोत्रमा नवप्रवर्तन प्रवर्द्धन गर्ने राम्रो यात्रामा उहाँको मार्गदर्शन महत्त्वपूर्ण रहनेछ’ एनआइबिएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्त पाण्डेले भने । पौड्यालले आफू यस कम्पनीको आगामी चरणमा सहयात्रा गर्न पाउँदा उत्साहित रहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्