Logo
Logo

रास्वपाको पोखरा चुनावी सभा पनि स्थगित


504
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार पोखरामा गर्ने भनिएको चुनावी सभा स्थगित गरेको छ ।

उपसभापति डोल प्रसाद अर्यालले विज्ञप्ति जारी गरेर फागुन १० गते कास्कीको पोखरामा गर्ने भनिएको परिवर्तन उद्घोष सभा स्थगित गरिएको जानकारी दिएका हुन् ।

उनले सङ्गठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारण उक्त कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उम्लेख छ । यसअघि शनिबार भैरहवामा गर्ने भनिएको कार्यक्रम पनि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्