काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा ७५ जना राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण सोधिएको निर्वाचन आयोग ले जनाएको छ ।

तीमध्ये ५२ जनाले जवाफ दिएका छन् ।
आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुन का अनुसार केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीका आधारमा स्पष्टीकरण माग गरिएको हो । बाँकीको जवाफ आउन बाँकी छ ।
आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई समुच्च विषय र प्रमुख कोष नियन्त्रकरकोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाही प्रक्रिया जारी छ । आचारसंहिता कार्यान्वयनका लागि केन्द्रीय तथा जिल्ला अनुगमन समिति र सम्बन्धित निर्वाचन कार्यालयहरू क्रियाशील छन् ।











