Logo
Logo

रास्वपा बर्दघाटका नेता हरिजनले छाडे पार्टी


945
Shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी बर्दघाट नगरपालिकाका नेता जीतबहादुर हरिजनले पार्टीबाट राजीनामा दिएका छन् ।

The current image has no alternative text. The file name is: rasapa-1.jpg

फागुन २१ गते हुने आम निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रवेश गरेका बिक्रम खनाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले टिकट दिएपछि असन्तुष्ट बनेका हरिजनले पार्टी छोडेका हुन् । 

खनाललाई टिकट दिँदा नवलपरासीको समग्र रास्वपा पार्टी पङ्क्तिले पार्टी निर्माणमा गरेको योगदानको अवमूल्यन भएको, पार्टी नेतृत्वले भन्ने एकथरी र व्यवहार ठीक उल्टो भएको महसुस गरेर राजीनामा दिएको हरिजनले बताएका छन् । 

२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट रास्वपाको तर्फबाट महेन्द्र सेन ठकुरीले प्रतिस्पर्धा गरेका थिए । सङ्गठन कमजोर र कठिन अवस्थामा रहेको समयमा चुनाव लड्दै नवलपरासीमा पार्टी विस्तार गर्न मुख्य भूमिका खेलेका आधारमा यसपटक पनि ठकुरीलाई नै टिकट दिनुपर्ने  मान्यता स्थानीय पार्टी पङ्क्तिमा रहेकोमा खनाललाई टिकट दिए पछि रास्वपा मा असन्तुष्टि छ । पार्टी छाडेका हरिजन बर्दघाट-१३ का सभापति हुन् ।

प्रतिक्रिया दिनुहोस्