झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाले चुनाव जित्न सकिन्न भन्ने निष्कर्ष निकालेको आफूले बुझेको बताएका छन् ।

झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले चुनाव हार्ने निष्कर्ष निकालेका कारणले झण्डा जलाउने, अभद्र व्यवहार गर्ने र तनाव बढाउने काम गर्न लागेको देखिएको भन्दै चुनाव भाँड्ने तर्फ अगाडी बढेको देखिएको बताए ।
उनले भने९ ुयसको अर्थ आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव हुने दिने, पक्षमा नतिजा आउँदैन भने चुनाव हुन नदिने, मैले केही दिन यताका घटनाक्रम हेर्दा रास्वपाले चुनाव भाँड्न खोजेको जस्तो देखिन्छ ।ु
निर्वाचन भनेको बलजफ्ती गर्ने विषय होइन भन्दै निर्वाचन स्वच्छ र निष्पक्ष र धाधली रहित चुनाव हुनुपर्ने ओलीले बताए । साथै उनले मतदाताले आफूले चाहेको दल र उम्मेदवारलाई निर्धक्क मत दिन पाउनुपर्ने बताए । ओलीले शान्ति भड्काउन खोज्ने प्रयास भइरहेको बताउँदै सबै पक्षले चिन्ता जाहेर गरेको देखिएको बताए ।
निर्वाचनपछि पनि द्वन्द कायम रहने स्थिति देखिन्छ भन्दै अघि द्वन्दका कारण निराकरण गरेर बल्ल निर्वाचनमा जानु पर्ने विचार पनि रहेको भन्दै ओलीले राजनीतिक दलले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्ने बताए ।











