Logo
Logo

अघिल्लो चुनावमा नाउपाबाट १४ हजार मत ल्याएका धनीराम राप्रपा प्रवेश


1.3k
Shares

रुपन्देही । रुपन्देही क्षेत्र नं. १ मा मुख्य प्रतिस्पर्धी मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बलियो बनाउने गरी २०७९ को निर्वाचनमा सो क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवार रहेका नेता धनीराम चौधरी राप्रपामा प्रवेश गरेका छन् ।

चौधरीले गत निर्वाचनमा नाउपाबाट ‘ढकिया’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्दै १३ हजार ९९२ सदर मत प्राप्त गरेका थिए ।

चुनावी अभियानका क्रममा रुपन्देही आएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ले चौधरीलाई स्वागत गरेका हुन् ।

चौधरीको प्रवेशले रुपन्देही क्षेत्र नं. १ मा विजय हासिल गर्न सहज हुने विश्वास राप्रपाले व्यक्त गरेको छ । सो क्षेत्रमा राप्रपाबाट प्रज्वल बोहोरा उम्मेदवार छन् । प्रज्वल, दिवंगत नेता दिपक बोहोरा का सुपुत्र हुन् ।

हाल सो क्षेत्रमा राप्रपाले विशेष भेलाको आयोजना गरेको छ । अध्यक्ष लिङ्देनले कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्