Logo
Logo

रातो हाब्रेको छालासहित चार पक्राउ


- दृष्टि न्युज/संवाददाता


बाँके, १८ कात्तिक । जिल्ला प्रहरी कार्याल बाँकेले दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित चार जनालाई आज पक्राउ गरेको छ । कोहलपुरस्थित न्यू राप्ती गेष्टहाउसबाट बिहान करिब १०ः३० बजेतिर रेडपाण्डाको छालासहित अभियुक्तलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काका अनुसार होटलमा रेडपाण्डाको छालाको मोलमोलाइ भइरहेको सूचनाका आधारमा ग्राहक बनेर सादा पोशाकमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लालबहादुर नेपाली, गणेश नेपाली, उमेशबहादुर थापा र दिनेश कार्की छन् ।

यसअघि गत भदौ २८ गते पनि बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली घरबासबाट रेडपाण्डाको छालासहित चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्