काठमाडौं । सुनसरीको भोक्राहामा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले लाठीचार्ज गरेको छ।

शनिबार बिहान साढे ११ बजे भोक्राहा नरसिंह गाउँपालिका–४मा सुनसरी–४ का कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की चुनावी सभामा जाने कार्यक्रम थियो।
त्यसक्रममा रास्वपा र कांग्रेस कार्यकर्ता भेला हुँदा विवाद उत्पन्न भएको एसपी केशव थेवेले जानकारी दिए। उनका अनुसार विवाद उत्पन्न भई हातपात हुने अवस्था सिर्जना भएपछि लाठी चार्ज गरिएको थियो।











