Logo
Logo

गौरको तनाव कम गर्न सर्वपक्षीय बैठक जारी


567
Shares

काठमाडौं । रौतहटको गौर क्षेत्रमा दुई समुदायबीच देखिएको द्वन्द्व समाधानका लागि अहिले जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बसिरहेको छ ।

गौर क्षेत्रमा सद्भाव कायम गर्ने विषयमा स्थानीय, सबै दल, पक्ष र सरोकारवालाका प्रतिनिधिलाई सहभागी गराई बैठक राखिएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सद्भाव कायम गर्ने प्रयासमा अहिले सबै पक्षबीच छलफल भइरहेको जानकारी दिए ।

त्यस क्षेत्रमा अहिले पनि कफ्र्यु जारी छ । उनका अनुसार आज बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म केही खुकुलो पारिएको कफ्र्यु अर्को आदेश नआउन्जेलका लागि जारी रहने छ ।

प्रतिक्रिया दिनुहोस्