Logo
Logo

जेनजी आन्दोलनका घाइतेको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन


441
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई अनुरोध गर्दै अन्तिम सूचना जारी गरेको छ । 

मन्त्रालयले गृह मन्त्रालयको पत्र तथा समन्वय समितिको बैठकको निर्णयअनुसार जेनजी आन्दोलनका घाइतेहरूको सूचीकरण, वर्गीकरण तथा पुनःवर्गीकरण सम्बन्धी कार्य भइरहेको जनाएको छ । उक्त कार्यलाई समयमै टुङ्गो लगाउन आवश्यक विवरण संकलन गर्न लागिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले लामो समयसम्म पनि सबै विवरण प्राप्त नभएकाले मन्त्रालयले फागुन १ गतेदेखि १५ गतेसम्म १५ दिनको म्याद दिँदै अन्तिम सूचना प्रकाशन गरेको हो । सो अवधिभित्र विधिपूर्वक प्राप्त भएका निवेदन तथा विवरणको आधारमा घाइतेहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरिएको छ ।

मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भई उपचार गरिएका सबै व्यक्तिहरूको विवरण सम्बन्धित स्वास्थ्य संस्थाहरूले मन्त्रालयको इमेल ठेगानामा  फागुन १५ गतेभित्र पठाउन आग्रह गरेको छ । 

तोकिएको समयसीमाभित्र विवरण नपठाइएमा प्रक्रिया प्रभावित हुन सक्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्